तरकारी तथा फलफूलको आजको मूल्य :स्ट्रबेरी प्रतिकेजी रू.५२५,अकबरे खुर्सानी १७५ रुपैयाँ
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ४५, अनार प्रतिकेजी मूल्य ३२५, अमला प्रतिकेजी ७५, आलु रातो प्रतिकेजी मूल्य ३७.५०, इमली १४५ कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी स्थानीय काउली ३५ रुपैयाँ,नेपाली गोलभेडा ठूलो १०५, गोलभेडा सानो(लोकल)५५, गुन्दुक प्रतिकेजी २२५ रुपैयाँ ,लोकलकाक्रो ९५ रुपैयाँ, कुरीलो प्रतिकेजी १३५० रुपैयाँ ,कागती प्रतिकेजी ९५ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार किवि प्रतिकेजी २२५, आभोकाडो २७५,केरा प्रतिदर्जन ९५ रुपैयाँ, अकबरे खुर्सानी १७५ रुपैयाँ, च्याउ डल्ले ४७५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी