धान काटेर चुट्न राखेको थुप्रोमा आगलागी चार विघाको धान जलेर नष्ट

दमक: झापाको गौरीगञ्जका एक किसानको चार बिघामा फलाएको धान जलेर नष्ट भएको छ ।

गौरीगञ्ज गाउँपालिका–६ खजुरगाछीका राजन महतोले काटेर राखेको धानको थुप्रोमा गए राती आगलागी भएको हो। आगलागीबाट सम्पूर्ण धान जलेर नष्ट भएको छ ।

इलाका प्रहरी कार्यालय गौरीगञ्जको प्रहरी टोली तथा स्थानीयवासी मिलेर आगो निभाएका प्रहरी निरीक्षक राकेश रेग्मीले जानकारी दिए। धान काटेर चुट्न राखेको थुप्रोमा आगलागी भएको हो ।

आगलागीबाट रु दुई लाख ५० हजारभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments