तरकारी तथा फलफूलको आजको मूल्य :सुकेको लसुन नेपाली प्रतिकेजी रू.१९५,सखरखण्ड रू.६५
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ३५, अनार प्रतिकेजी मूल्य ३७५, उखु प्रति वटा ९५, आलु रातो प्रतिकेजी मूल्य ३४, इमली १४५ कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी स्थानीय काउली ४५ रुपैयाँ,नेपाली गोलभेडा ठूलो ७५, गोलभेडा सानो(लोकल)४५, ठूलो गोलभेडा(भारतीय) ७५, गुन्दुक प्रतिकेजी २२५ रुपैयाँ ,लोकलकाक्रो ११५ रुपैयाँ, पुदीना प्रतिकेजी ७५० रुपैयाँ ,कागती प्रतिकेजी ९५ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार किवि प्रतिकेजी ३२५, आभोकाडो ३२५,केरा प्रतिदर्जन ८५ रुपैयाँ, खुर्सानी हरियो(अकबरे) १७५ ,घिउ सिमी(लोकल) ११० रुपैयाँ, च्याउ डल्ले २६५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी