स्थानीय चुनावअघि नै मल उपलब्ध गराउन भारतलाई आग्रह

काठमाडौँ : कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्थानीय चुनावअघि नै मल उपलब्ध गराउन भारतलाई आग्रह गरेको छ । दुई देशको सम्बन्धित मन्त्रालयबीच मङ्गलबार भएको ‘भर्चुअल’ छलफलमा सो आग्रह गरिएको कृषि मन्त्रालयका सहसचिव डा. राजेन्द्र मिश्रले बताउनुभयो । भारतले नेपाललाई मल दिनका लागि कम्पनी पनि छनोट गरिसकेको छ । भारतले मुम्बईको राष्ट्रिय केमिकल फर्टिलाइजर कम्पनी (आरसीएफ)मार्फत नेपाललाई मल दिने निश्चित गरेको उहाँले जानकारी दिनुभयो ।

मङ्गलबार भएको छलफलमा आरसीएफका पनि प्रतिनिधि थिए । भारतका आरसीएफ र नेपालका कृषि सामग्री कम्पनी लिमिटेडबीच पनि छुट्टै छलफल भएको छ । नेपाललाई पहिलो वर्ष दिइने मलमध्ये पहिलो लट चुनावअघि र दोस्रो लट असार १५ गते वरिपरि दिनका लागि आफूले भारतलाई आग्रह गरेको कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख राजेन्द्रबहादुर कार्कीले बताउनुभयो । कति परिणाम, कुन बेला, युरिया र डीएपी कतिलगायतका विषयमा नेपाल–भारतबीच सम्झौता भएपछि मात्र मल आउने सहसचिव मिश्रले बताउनुभयो ।

सक्दो चाँडो मल दिनका लागि आग्रह गरिएको छ, त्यसका लागि दुवै देशका कम्पनीबीच समन्वय भइरहेको र यो महिनाभित्र पहिलो लट मल आउने अपेक्षा गरिएको उहाँले बताउनुभयो । मल दिने कम्पनी चयन भइसकेको र दुई कम्पनीबीच एउटा सम्झौतापत्रमा हस्ताक्षर भएपछि मल आउन सुरु हुने उहाँले बताउनुभयो ।

गत फागुन १६ गते भारत सरकारबाट जीटुजी (सरकारदेखि सरकार) प्रणालीबाट पाँच वर्षसम्म युरिया र डीएपी मल खरिद गर्ने भनी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । पाँच वर्षमा नौ लाख ३५ हजार मल खरिद गर्नेछ, जसमा पाँच लाख ६५ हजार मेट्रिक टन युरिया र पहिलो वर्ष एक लाख मेट्रिक टन युरिया र दोस्रो वर्ष एक लाख १० हजार मेट्रिक टन युरिया, ६० हजार मेट्रिक टन डीएपी, तेस्रो वर्ष एक लाख १५ हजार मेट्रिक टन युरिया, ८० हजार मेट्रिकटन डीएपी, चौथो र पाँचौँ वर्ष दुई लाख ४० हजार युरिया मल खरिद गरिने सम्झौता भएको छ ।याे खबर आजको गोरखापत्र दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments