पहिरोका कारण १४ घरधुरीका ५७ जना विस्थापित

र्घाखाँची :जिल्लामा पहिरोको उच्च जोखिमका कारण १४ घरका ५७ जनालाई सुरक्षित स्थानमा सारिएको छ । अविरल परेको वर्षाका कारण घरहरू जोखिममा परेपछि प्रहरीले नजिकका स्कुल, स्वास्थ्य चौकी र आफन्तको घरमा उहाँहरूलाई सारिएको हो ।

सन्धिखर्क नगरपालिका वडा नम्बर ६ जगतका टामलाल सुनारका ६ जना, बाबुराम सुनारका श्रीमती र छोरा, गोपाल सुनारका ५ जनालाई आफन्तको घरमा लगेर राखिएको प्रहरी निरीक्षक अर्जुन पौडेलले बताउनुभयो । घर वरपर जमिन चर्केका कारण पहिरोको उच्च जोखिम भएकाले तत्काल सुरक्षित स्थानमा सारिएको प्रहरीको भनाइ छ ।

छत्रदेव गाउँपालिकाका १० घर परिवारका ३१ जना, वडा नम्बर ८ मा ८ घरका ३१ जना र वडा ५ को २ घरका ११ जनालाई स्थानीय सरस्वती मावि भुस्खातामा सारिएको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो । पाणिनी गाउँपालिका ८ को १ घरका बुढाबूढीलाई छोराको घरमा राखिएको छ ।

लगातार तीन दिनदेखि अविरल वर्षाले जोखिम बढेपछि अत्यावश्यक कामबाहेक हिँडडुल नगर्न जिल्लावासीलाई अर्घाखाँची प्रहरीले सूचना जारी गरी आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments