मुगुमा पहिरोले तीन जनाको मृत्यु, आठ बेपत्ता

मुगु : अविरल वर्षाका कारण आइतबार दिउँसो मुगुको छायाँनाथ रारा नगरपालिकामा तीन जनाको मृत्यु हुनुका साथै आठ जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार छायाँनाथ रारा नगरपालिका–११ सालिममा पहिरोमा परेर तीन जनाको मृत्यु भएको हो भने आठ जना बेपत्ता भएका छन् । मृतक र बेपत्ता भएकाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

यस्तै वडा नं ८ मा १० वटा घर पहिरोका कारण भत्किएका छन् । यहाँको पूरै गाउँ पहिरोको उच्च जोखिममा रहेको छ ।

छायाँनाथ रारा नगरपालिका वडा नम्बर ७ टोप्ला गाउँमा पहिरोले घर भत्किँदा २५ भेडासहित लाखौँको धनमाल नष्ट भएको छ । साथै पहिरोको उच्च जोखिम रहेकाले टोप्ला, सिगाडी र घुइर गाउँका अधिकांश बासिन्दा विस्थापित भएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments