जुम्लाका बाढी पहिरो पीडितलाई राहत

जुम्ला : गत एक सातादेखि लगातार परेको अविरल वर्षाले जुम्लामा धनजनको व्यापक क्षति भएपछि पीडित परिवारलाई कर्णाली प्रदेश सरकारले हवाई सेवा वाट राहत वितरण दिन थालेको छ । प्रदेश सरकारले यहाँको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा हेलिकोप्टरबाट राहात वितरण गरेको हो ।

नेपाली सेनाका नन्दबक्स गणका गणपति रविन थापाका अनुसार सेनाको हेलिकोप्टरले हिमा, सिंजा र कनकासुन्दरीमा केही राहात सामाग्री प्रदान गरिएको बताउनुभयो ।

नेपाली सेनाको २४ नम्बर बाहिनीका अनुसार २६ गते कनकासुन्दरी गाउँपालिकाको सुन्दरीमा चिनियाँ पाल चार थान, कम्वल ४० थान र डिटोल साबुन एक कार्टुन वितरण गरिएको छ । सिंजा गाउँपालिकामा त्रिपाल २५ थान, कम्बल २५ थान, प्लाष्टिक पाल २५ थान उपलब्ध गराइएको छ । हिमा गाउँपालिकामा कम्बल २५ थान, त्रिपाल २५थान र डिटोल साबुन एक कार्टुन उपलब्ध गराइएको छ ।

यसैगरी असोज २७ गते हिमा गाउँपालिकामा ६० थान त्रिपाल, कम्वल एक सय थान टेण्टपाल एक सय थान, डिटोल साबुन एक कार्टुन पु¥याइएको थियो। हेलिकोप्टरबाट यही २४ गते कनकासुन्दरी र हिमाका घाइतेको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले कर्णाली प्रदेश सरकारको सहयोगमा प्राप्त राहत सामाग्री बाढी पहिरो पीडितलाई उपलब्ध गराइएको तर वितरणको वास्तविक विवरण आउन बाँकी रहेको जानकारी दिनुभयो । हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार निरन्तरको प्रयासले प्रदेश सरकारको सहयोगमा तत्काल हिमाका सात वडामध्ये ४,५,६ र ७ का लागि २५ गते कालिकाखेत्तुमा र असोज २८ गते १,२ र ३ वडाको लागि देवारगाउँ टापुमा हेलिकप्टरद्वारा राहत सामग्री उपलब्ध गराइएको जानकारी दिनुभयो ।

यही असोज १९ गतेदेखि २५ गतेसम्म परेको अविरल बर्षाले हिमा गाउँपालिकामा तीन सय ८६ घरमा पूर्ण क्षति भएको गाउँपालिकाले जनाएको छ । यसैगरी सिंजा गाउँपालिकामा ५१ घर पूर्णरुपमा क्षति भएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो । कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यले यस क्षेत्रमा पहिरोले आठ जनाको मृत्यु भएको र घरको क्षतिबारे तथ्याङ्क सङ्कलन भइरहेको बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments