खेतीयोग्य जमिनको माटोमा अम्लियपनाको समस्या

पर्वत:पर्वतमा खेतीयोग्य जमिनको माटोमा अम्लियपनाको समस्या देखिएको छ । नबौँ माटो दिवसको अवसरमा दक्षिण पर्वतको पैंँयू गाउँपालिकामा राखिएको माटो परीक्षण शिविरमा जाँच गरिएका नमुनामा अम्लियपनाको समस्या बढी देखिएको हो । पैँयू गाउँपालिकाको सातवटै वार्डबाट माटोको एक सय दुई नमुना परीक्षण गरिएको थियो ।

सङ्कलित नमुना परीक्षणको नतिजामा नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा पनि कम पाइएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापाले जानकारी दिनुभयो ।

नतिजामा २५ प्रतिशत नमुनामा अम्लियपनाको समस्या, ७५ प्रतिशत तटस्थ, ९५ प्रतिशत माटोमा नाइट्रोजनको कमी देखिएको छ । ८० प्रतिशत माटोमा फस्फोरस र सबै नमुना माटोमा पोटासको मात्रा कम रहेको प्रमुख थापाले बताउनुभयो ।

नतिजाको आधारमा विभिन्न बालीमा नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा सिफारिस गरिएको छ भने पि एच मानको आधारमा कृषि चुनको मात्रा सिफारिस गरिएको कार्यालयले जनाएको छ । सिफारिस गरिए अनुसार कृषि चुन र सन्तुलित मलखाद किसानले अवलम्बन गरेमा माटोको अवस्थामा सुधार गर्न सकिने थापाले बताउनुभयो ।

‘स्वस्थ माटोको साथ, खाद्य उत्पादनको सुरुवात’ भन्ने नारासहित नवौंँ विश्व माटो दिवस–२०७९ को अवसरमा गरिएको माटो परीक्षणले गाउँपालिकाका सबैजसो वडाका किसान लाभान्वित भएका छन् । नमुना परीक्षण गरिएका क्षेत्रमा माटोको उपचार गर्ने प्रविधि र माटोको अवस्था अनुसार कुन बालीनाली लगाउने भन्ने बारेमासमेत सहजीकरण गरिएको कार्यालय प्रमुख थापाले जानकारी दिनुभयो ।

लेखक

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments