झापामा भूमि वर्गीकरणको काम सुस्त

गौरादह:झापाका स्थानीय तहले भूमि वर्गीकरणको काम सकेका छैनन् । सरकारले मङ्सिर २३ गतेसम्म जग्गाको वर्गीकरण गरिसक्न निर्देशन दिए पनि झापाका कुनै पनि पालिकाले सो काम पुरा गरेका छैनन् । झापाको माइपश्चिम क्षेत्रका पाँच वटा पालिकाले पनि जग्गा वर्गीकरणको काम सकेका छैनन् ।

मालपोत कार्यालय दमकका प्रमुख हिमालय बरालले माइपश्चिमका कुनै पनि पालिकाले समयमा काम सम्पन्न नगरेको बताउनुभयो । गौरादह र दमकले जग्गाको वर्गीकरण सकेर भू उपयोग नक्सा बनाउँदै गरेको सूचना आएको उहाँले बताउनुभयो । त्यो काम चाँडै सम्पन्न हुने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जग्गा वर्गीकरण आफैँमा आप्ठ्यारो काम भएकाले स्वभाविकरुपमा केही ढिलो भएको हो । पालिकालाई कुनै पनि सहयोग आवश्यक परे हामी तयार रहेका छौँ ।” जग्गा वर्गीकरणका लागि सबै पालिकामा पालिकास्तरीय समितिको गठन भएको छ । गाउँपालिकाको हकमा सम्बन्धित गाउँपालिकाको अध्यक्ष उक्त समितिको अध्यक्ष रहने व्यवस्था छ भने सदस्यमा मालपोत अधिकृत र नापी अधिकृत रहने व्यवस्था छ । त्यसैगरी नगरपालिकाको हकमा सम्बन्धित नगरको प्रमुख अध्यक्ष रहन्छन् भने सदस्यमा मालपोत कार्यालयको प्रमुख र नापी कार्यालयको प्रमुख रहने व्यवस्था छ ।

दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले भूमि वर्गीकरणको काम सकेर नक्साको काम हँुदै गरेको बताउनुभयो । उहाँका अनुसार एक साताभित्र समितिको बैठकमा पेस गरेर काम सकिनेछ । भूउपयोग ऐन २०७९ का अनुसार जग्गाको १० किसिममा वर्गीकरण गर्नुपर्ने हुन्छ । कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्व र नेपाल सरकारबाट तोकिएको अन्य क्षेत्र रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments