कागेश्वरीमा सुरु भयो कृषिमा आत्मनिर्भर कार्यक्रम

काठमाडौँ:कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटमा कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले कृषि केन्द्रको शुभारम्भ गरिएको छ ।

नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले सदस्य उद्यमशीलता कार्यक्रम अन्तर्गत उक्त केन्द्रको उद्घाटन गर्नुभएको हो । हरहर महादेव सहकारी संस्थाको भागिनी संस्थाको रुपमा रहेको हरहर महादेव कृषि केन्द्रले ४० रोपनी जग्गा भाडामा लिएर खेती सुरु गरेको छ । यो परियोजनालाई नगरपालिकाको नमूना परियोजनाको रुपमा हेरिएको छ । परियोजनाको शुभारम्भ गर्नुहुँदै नगर प्रमुख कार्कीले यसलाई नमूना बनाउन नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यो परियोजनाले नगरपालिकालाई कृषिमा समृद्ध बनाउन सहयोग गर्ने विश्वास गरिएको सुनाउनुहुँदै उहाँले यसले नगरभित्र रोजगारीको पनि सिर्जना गर्र्ने बताउनुभयो । कार्यक्रममा नगर उपप्रमुख शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलालगायतले परियोजना सफलताका लागि सबैको सहयोग हुनुपर्नेमा जोड दिनुभयो । यसका लागि आवश्यक समन्वय गर्न कन्जुस्याई नगर्ने उहाँहरुको प्रतिबद्धता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments