लिभिङ टुगेदर’ बसेका युवा-युवती कपनमा मृत फेला, घटनास्थलमा धारिलो हतियार भेटियो
२३ पुस, काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाको कपनमा ‘लिभिङ टुगेदर’ बसेका एक युवक र युवती मृत फेला परेका छन् । शिवजी चोकमा नातेदारको घरमा बसेका संखुवासभा घर भएका २५ वर्षीय अनिस जिमी राई र खोटाङकी युसुना राई गएराति मृत अवस्थामा भेटिएका हुन् ।
घटनाको प्रकृति हेर्दा युवकले युवतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको र आफूले आत्महत्या गरेको जस्तो देखिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए । युवतीको शरिरभरी धारिलो हतियार प्रयोग भएको पाइएको छ । युवा भने घाँटी रेटिएको अवस्थामा फेला परेका थिए । घटनास्थलबाट प्रहरीले धारिलो हतियारसमेत बरामद गरेको छ ।