मलामी बोकेको बस पाल्पामा दुर्घटना हुँदा ७ जनाको मृत्यु
१८ पुस, काठमाडौं । बुटवलबाट मलामी बोकेर गुल्मीको रिडीका लागि छुटेको लु १ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका लघुवामा दुर्घटना भएको हो । बस दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ भने दुर्घटनामा ८ जना घाइते भएका छन् । उनीहरुलाई उपचार गर्न तानसेनस्थित मिसन अस्पतालमा उपचारका लागि पठाइएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका डीएसपी मोहन खांणले जानकारी दिए ।
बसमा ३५ जनाभन्दा धेरै मलामी रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।