जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२५ पुष, भोजपुर । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ कानेपोखरी गाउँपालिका घर भएका ३४ वर्षीय धन बहादुर बिष्टलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
भोजपुर षडानन्नद नगरपालिकास्थित खेतमा ती बालिकालाई बिहीबार धनबहादुरले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दिङलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments