आज घ्यू, चाकु, तरुल सखरखण्ड खानु भयो त ? तरुल र सखरखण्ड खानुका फाइदा यस्ता छन् जानिराखौ
१ माघ, काठमाडौं । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले हरेक वर्ष माघ १ गतेलाई माघे सङ्क्रान्तिका रुपमा मनाइन्छ। यस दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी, तरुल, सखरखण्ड आदि खाने चलन छ ।
यस्ता परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको हो ।
यी परिकारमध्ये तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा पनि छ। नेपाली उखानै छ, ‘पुसमा पाके माघमा जाके’ अर्थात् पुसमा पकाएर माघमा खाने ।
मौसमको फल अर्थात पर्व विशेष मानेर तरुल खानेहरु पनि हुन्छन् । जसले जे–जसरी खाए पनि तरुल स्वास्थ्यको लागि लाभदायक खाद्य पदार्थ हो ।
कोरिया र जापानमा सदियौंदेखि यसलाई आयुर्वेदिक औषधिको रुपमा पनि प्रयोग गरिँदै आएको छ ।

तरुल खानुका केही फाइदाहरु यसप्रकार छन्
१- छाला तथा स्वासप्रश्वाससम्बन्धी समस्याको लागि राम्रो
२- यसमा प्रशस्त मात्रामा फाइबर पाइने भएकाले पाचन प्रक्रियासम्बन्धी समस्याको लागि उपयुक्त मानिएको छ ।
३- तरुलमा भिटामिन बी ६ प्रशस्त मात्रामा पाइन्छ, जसले मुटु सम्बन्धी समस्या हुनबाट जोगाउँछ ।
४- यसमा पाइने एण्टीअक्सिडेण्टले क्यान्सर रोगसँग लड्न सहयोग गर्दछ ।
५- तरुल खानाले मस्तिस्कको विकास हुने र बुझ्ने क्षमतामा सुधार आउने अनुसन्धानले देखाएको छ ।
६-यसमा पर्याप्त मात्रामा पाइने कार्वोहाइड्रका कारण यसलाई शक्तिको प्रमुख स्रोतका रुपमा लिने गरिन्छ ।

खरखण्ड स्वास्थ्यका लागि निकै लाभदायक कन्दमूल हो । यसले जाडोमा शरीरलाई न्यानो बनाइराख्न सघाउँछ ।
सखरखण्डमा पाइने क्यालोरी स्टार्च, फाइबर, एन्टिअक्सिडेन्ट, क्यौरोटिनायड, भिटामिन ए, भिटा क्यारोटिनले मानव स्वास्थ्यलाई चाहिने आवश्यक पोषक तत्व प्रदान गर्दछ । रोग प्रतिरोधक क्षमतालाई बलियो बनाउछ ।
सखरखण्ड यसका केही फाइदाहरु यसप्रकार छन्
१- छालामा चमक आउँछ । छालामा पुनर्ताजगी ल्याउन मद्दत गर्छ । छालामा चाउरीपना आउँन दिँदैन ।
२- डायट्री फाइबर र कार्बोहाइड्रेट बढी मात्रामा हुने हुँदा रगतको मात्रा बढाउँन सहयोग पु¥याउँछ ।
३- यसमा पाइने क्यारोटिनाइडले रगतमा चिनीको मात्रा नियन्त्रित गर्न सघाउँछ । मधुमेहका बिरामीका लागि लाभदायक मानिन्छ ।
४- रक्तचाप नियन्त्रण गर्न सखरखण्डको सेवन लाभदायक मानिन्छ । रगतमा चिनीको स्तर नियन्त्रित रहन्छ र इन्सुलिन बढ्दैन ।
५- यसमा भएको पोटेसियमले स्नायु प्रणालीको सक्रियतालाइ राम्रो बनाइराख्नुका साथै मिर्गौंलालाई स्वस्थ राख्न सहयोगी भूमिका निभाउँछ ।
६- यसमा प्रशस्त मात्रामा भिटामिन बी–६ पाइने हुँदा शरीरमा होमोसिस्टिन नामक अमिनो एसिडको प्रवाहलाई नियन्त्रण गर्छ ।
७- यसमा भिटामिन डी प्रशस्त हुन्छ । यसका कारण हाड, दाँत, नशा, छालाको लागि यसको फाइदाजनक मानिन्छ ।
८- भिटामिन ए पनि प्रशस्त पाइने हुनाले आँखा तेजिलो बनाउन मद्दत गर्दछ ।
![]()
यदि तपाईहरु सँग पनि यस्तै ज्ञान मुलक लेख रचना वा सुचना समाचार छन् भने हामीलाई पठाउन सक्नुहुन्छ । तपाईंले पठाउनु भएको सामाग्रीलाई हामी उचित स्थान दिने छौ । त्यसको लागि तपाईंले हामीलाई barahionlinekhabar@gmail.com मा पठाउन सक्नुहुन्छ । धन्यवाद