मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा पक्राउ

१९ माघ, पर्सा । वीरगंज महानगरपालिका-१५ भिष्वा चोकमा पर्किङ गरी राखेको प्रदेश २-०३-०१२ प ५८६ नम्बरको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा सोही महानगरपालिका-२ बस्ने २० वर्षीय मोहमद अलीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

बारा फेटा गाउँपालिका-३ बस्ने ३१ वर्षीय नरेश प्रसाद साहको उक्त मोटरसाइकल पार्किङ गरी राखेकोमा अलीले लक तोडी भाग्दै गरेको अवस्थामा प्रहरी चौकी भिष्वाडाडाँबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनी उपर चोरी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments