विमानस्थलबाट मलद्वारभित्र लुकाएर ल्याएकाे सुन र मोबाइल बरामद

२० माघ, काठमाडौं । अवैध रुपमा भन्सार छलि ल्याएको १ किलोग्राम १ सय ५५ ग्राम सुन र ५ थान आईफोन १३ प्रो म्याक्स मोबाइल सहित ३ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-३ ठेगाना भएका ३९ वर्षीय दावाछिरिङ शेर्पा, रौतहट गौर नगरपालिका-१० सोबगाढा ठेगाना भएका ३२ वर्षीय सुनिल कुमार साह र मकवानपुर मनहरी गाउँपालिका-७ ठेगाना भएका २८ वर्षीय नबराज परियार रहेका छन् ।

एयर अरेबियाको उडानद्वारा सारजाहबाट आएका दावा छिरिङ शेर्पालाई मलद्वारभित्र लुकाएको १ किलोग्राम ५५ ग्राम तौल बराबरको ३ थान अर्धठोस सुन, हिमालयन एयरलाइन्सद्वारा दुबईबाट आएका सुनिल कुमार साहलाई ५० ग्राम बराबरको १ थान बेरुवा औँठी तथा १ थान सिक्री र ४ थान आईफोन र दुबईबाटै सोही एयरलाइन्समा आएका नबराज परियारलाई ५० ग्राम बराबरको २ थान बेरुवा औंठी र १ थान आईफोन सहित प्रहरीले फेला पारी पक्राउ गरेको हो ।

बाहिरी मुलुकबाट काठमाडौं आएका उनीहरूको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले जाँच गर्नेक्रममा उनीहरूको साथबाट उक्त अवैध सुन र मोबाईल फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि बिहीबार त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments