३५ सय घुस खाने सुब्बा परे अख्तियारको फन्दामा

२० माघ, काठमाडौं । सेवाग्राहीसँग घुस लिने नायब सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ।  जिल्ला बारा, कोल्हवी नगरपालिका, वडा नं. ११ रामपुर्वाका वडासचिव ना.सु. विनोद प्रसाद साहले जग्गा नामसारी सिफारिसको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिई गएको टोलीले निज वडासचिव विनोद प्रसाद साहलाई सेवाग्राहीबाट रु. ३,५००।– (तीन हजार पाँच सय रुपैयाँ) घुस/रिसवत वापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित निजको कार्यालयबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments