हत्या गरेको अभियोगमा कुमार तामाङ पक्राउ

२६ माघ सिन्धुपाल्चोक। मेलम्ची नगरपालिका-१० साधखोला बस्ने ६० वर्षीया मिन कुमारी खड्काको हत्या गरेको अभियोगमा ईन्द्रावती गाउँपालिका-४ टाँकुरे तामाङटोल बस्ने ३२ वर्षीय कुमार तामाङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

मिन कुमारी र छिमेकी महिला सोही ठाउँ खहरे बगुवा दोभानस्थित सिचाईकुलो खोधखोला सार्वजनिक जंगलमा घाँस काट्न गएको अवस्थामा कुमारले दुवै महिलालाई मुख छाडेको विषयमा मिन कुमारीले किन मुख छाडेको भन्दा कुमारले एक्कासी लाठी र ढुङ्गाले टाउकोमा प्रहार गरेपछि उनको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मेलम्चीबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments