संरक्षित वन्यजन्तु भालुको पित्त सहित मन बहादुर पक्राउ

२८ माघ काठमाडौं। टोखा नगरपालिका-९ आनन्द टोल नजिकबाट २ सय ४० ग्राम तौल भएको संरक्षित वन्यजन्तु भालुको पित्त (आखेटोपहार) जस्तो देखिने १ थान बस्तु सहित लमजुङ दोर्दी गाउँपालिका-८ खिन्चोक बस्ने ३५ वर्षीय मन बहादुर सिलुवाल क्षेत्रीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

टोखा नगरपालिका-९ क्षेत्रमा संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई उक्त बस्तु सहित फेला पारी पक्राउ गरेको  हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार  काठमाडौं पठाइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments