अनलाईन बाट २ थान आइफोन मगाएर घर यहि हो पैसा लिगेर आउछु भनी फरार ब्यक्ति पक्राउ

२९ माघ, काठमाडौं । अनलाईन मोबाइल फोन मगाई रिसिभ गरे पश्चात अर्कैको घर देखाई फरार भएका काठमाडौं महानगरपालिका-६ सरस्वती नगर बस्ने सोलुखुम्बु, खुम्बु पासाङ ल्हामु गाउँपालिका-५ घर भएका १९ वर्षीय उर्गेन टासि शेर्पालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-७ चावहिलबाट शेर्पाले अनलाईन मार्फत २ थान आइफोन किन्ने भनी बौद्ध स्तुपा आसपास मोबाइल रिसिभ गर्छु भनि मोबाइल मगाएको र मोबाइल रिसिभ गरेपछि छेउ छाउमा रहेको घर देखाई पैसा लिएर आउँछु भनी मोबाइल लिएर भागेको घटनामा संलग्न उनलाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट नगद १४ हजार रुपैयाँ र ३ थाना मोबाइल समेत प्रहरीले बरामद गरेको छ ।

उनी उपर चोरी तथा डाँका सम्वन्धी कसूर अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
100 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments