पेस्तोल देखाइ नगद र गरगहना चोरी गर्ने भारत घर बताउने २ जना पक्राउ

२९ माघ, बाँके । डाँका चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई १ थान कटुवा पेस्तोल सहित जानकी गाउँपालिका-५ बुढियागाउँबाट शनिबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत रुपैडिहा निबिया घर बताउने २६ वर्षीय डब्लु मनिहार र भारत बाबागंज बाबाकुटी घर बताउने २८ वर्षीय निजामुद्दिन कवडिया रहेका छन् ।

बर्दिया बढैयाताल गाउँपालिका-८ सितबजार बस्ने पर्शुराम सार्कीको घरमा गत पुस २९ गते राति पेस्तोल देखाई करिब ३ लाख ३५ हजार रुपैयाँ बराबरको नगद र सुन लुटपाट भएको तथा माघ १७ गते बाँके खजुरा गाउँपालिका डि गाउँ बस्ने हरी प्रकास बिकको घरबाट नगद ५० हजार रुपैयाँ, साढे ३ तोला सुन र मोटरसाइकल चोरी भएको घटनामा संलग्न उनीहरुलाई ईलाका प्रहरी कार्यालय खुद्रा खजुराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । साथै चोरी भएको उक्त मोटरसाइकल माघ १८ गते बर्दिया बढैयाताल गाउँपालिका-५ बढैयाताल नजिकै रहेको पोखरीमा प्रहरीले फेला पारेको थियो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments