लोड गरिएको भरुवा ७ थान बन्दुक सहित २ जना पक्राउ

१ फागुन , काठमाडौं । कपिलवस्तु बाणगंगा नगरपालिका-२ स्थित मनकामना सामुदायिक वनबाट २ थान भरुवा बन्दुक सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा अर्घाखाँची सितगंगा नगरपालिका-१४ बस्ने ५० वर्षीय वीर बहादुर सोमै र २८ वर्षीय खेमु मगर रहेका छन् । उक्त जंगलमा केही व्यक्तिहरू बन्दुक सहित हिँडिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले वीर बहादुरलाई खालि अवस्थामा रहेको १ थान र खेमुलाई लोडेड अवस्थामा रहेको १ थान भरुवा बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments