यार्सागुम्बा र भालुको पित्त सहित १ जना पक्राउ

८ फाल्गुन,कञ्चनपुर।कृष्णपुर नगरपालिका-५ वनदेवी मन्दिर नजिकबाट ५ सय २४ ग्राम यार्सागुम्बा र ९२ ग्राम तौलको भालुको पित्त सहित जुम्ला कन्कासुन्दरी गाउँपालिका-६ स्थायी घर भई हाल कैलाली गोदावरी नगरपालिका-२ अत्तरिया डेरा गरी बस्ने ५७ वर्षीय बृख कामीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कर्यालय धनगढी र ईलाका प्रहरी कार्यालय गुलरीया कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले उनलाई २४ ग्राम यार्सागुम्बा र भालुको पित्त सहित फेला पारी पक्राउ गरेको हो । साथै अनुसन्धानको क्रममा निजको कोठा तलासी गर्दा थप ५ सय ग्राम यार्सागुम्बा फेला पारी प्रहरीले बरामद गरेको हो ।                                                                                                                                                यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments