नुवाकोट शिबपुरीका राजु र सुजन जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

९ फाल्गुन, नुवाकोट । २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शिबपुरी गाउँपालिका-७  नयाँगाउँ  बस्ने २५ वर्षीय राजु तामाङ र ४२ वर्षीय सुजन गुरुङलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

राजुले ती महिलालाई फोनमार्फत् काम छ भनि आफ्नै घरमा बोलाएर शनिबार दिउँसो जबरजस्ती करणी गरेको र महिला उक्त ठाउँबाट आफ्नो घरतर्फ फर्किने क्रममा सोही ठाउँस्थित बाटोमा सुजनले पनि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट गुर्जेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments