विवाहमा नाचगान गर्ने क्रममा कुटपिट हुँदा एक जनाको मृत्यु

९ फाल्गुन, कैलाली । भजनी नगरपालिका-९ स्थित विवाहमा भएको झगडामा सोही ठाउँ बस्ने २५ वर्षीय बसन्त चौधरीको कुटपिटबाट आइतबार राति मृत्यु भएको छ ।

विवाहमा बसन्त सहित सोही ठाउँ बस्ने २० वर्षीय दिनेश बिष्ट, गणेश सिंह, २५ वर्षीय लक्ष्मण बराल, २३ वर्षीय किशन बडैला, २३ वर्षीय प्रदिप कार्की, २५ वर्षीय दिपक अवस्थी लगायतका व्यक्तिहरू नाचगान गर्नेक्रममा विवाद भई झै-झगडा हुँदा कुटपिटबाट गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुख्खड कैलाली हुँदै मेडिकल कलेर कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

कुटपिटमा संलग्न ४ जना प्रहरीले नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments