बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी नुवाकोट लिखुका बिनोद पक्राउ

९ फाल्गुन, काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी तारकेश्वर नगरपालिका-७ बस्ने नुवाकोट लिखु गाउँपालिका-४ घर भएका ३७ वर्षीय विनोद थापालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनबाट २०७८ मंसिर ७ गतेको फैसलाले १५ दिन कैद र ५१ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं फुटुङबाट पक्राउ गरेको हो ।

विनोदले आफ्नो खातामा प्रर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी पीडितलाई झुक्यानमा पारी बैंक अफ काठमाडौं लिमिटेड, शाखा कार्यालय गोंगबुमा निजको खाताबाट रकम भुक्तान हुने भनी चेक दिएको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments