भाउजुको हत्यामा संलग्न देवर पक्राउ

१० फाल्गुन,काठमाडौं । कपिलबस्तुमा भाउजुको हत्यामा संलग्न भएको आरोपमा देवर पक्राउ परेका छन् । मिति २०७८।०८।११ गते अं. १६:०० वजे जिल्ला कपिलवस्तु वाणगंगा नगरपालिका वडा नं. १० सोनपुर वस्ने एकल महिला वर्ष अं. ६० की यशोधा लोनिया आफ्नै घरभित्र मृत अवस्थामा फेला परे पश्चात ई.प्र.का पिपराबाट अनुसन्धान टोली घटनास्थलमा गई मृतकका आफन्तलाई झिकाई मृतकको सनाखत गराएईएको थियो । घटनास्थल तथा लाशको प्रकृती हेर्दा मृतकलाई कोहि-कसैले कर्तव्य गरी हत्या गरेको जस्तो देखीएकोले तालिमप्राप्त कुकुर झिकाई Dog Sniffing समेत गरिएको थियो ।
उक्त घटनाको थप र प्रभावकारी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुवाट मिति २०७८।०९।२० गते ई.प्र.का सुन्दरीडाँडा कपिलवस्तुका प्र.नि. केशवराज ज्ञवालीको संयोजकत्वमा अनुसन्धान समिति गठन गरिएको थियो ।

अनुसन्धान पश्चात खुल्न आएका कुराहरु
देवर नाता पर्ने अभियुक्त मिति २०७८।०८।१० गते वेलुकी मादक पदार्थ (रक्सि) सेवन गरेको विषयमा पत्नी संग विवाद भएपछी निज माईतीघरमा गएकिले राती करिव २१:०० वजेतिर भाउजु नाता पर्ने मृतक यशोधा लोनियाको घरमा गएको, मृतकको घरमा गई मृतकसंग सहमतिमै एक पटक शारिरिक सम्पर्क भएको, केहिवेर पछी अर्को पटक शारिरिक सम्पर्क गर्न लाग्दा निजको भाउजु यशोधा लोनियाले ईन्कार गरी म चिच्याएर हल्ला गर्छु भनेकीले दुवै हातले निजको घाँटी थिचिराख्दा निजको ज्यान ( शरिर ) लल्याक-लुलुक भए पश्चात निज वेहोस भएको र होसमा आई चिच्याउन सक्ने भएकीले घाँटि र दुवै हात बाँधी अभियुक्त फर्की आफ्नो घरमा आएको खुल्न आएपछि घर बनाउने डकर्मी पेशा गर्ने निज बर्ष ४० को शम्भु लोनियालाई मिति २०७८/११/०५ गते पक्राउ गरी सम्मानित कपिलवस्तु जिल्ला अदालतवाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी थप अनुसन्धान भई रहेको ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments