हामी प्रहरी हौं खानतलासी गर्न आएको भन्दै लुट्ने ८ जना लुटेरा समूह पक्राउ

२० फाल्गुन, काठमाडौं । पछिल्लो समय चोरी डकैती गर्नेको संख्या बढ्दै गएको छ । चोरिगर्नेहरु विभिन्न बाहानामा आउन सक्छन् सयमा हामी सचेत रहनु पर्छ ।  मिति २०७८/११/१२ गते साँझको अन्दाजी १९:३० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं १६ नँयाबजार स्थित समृध फार्मेसीका संचालक राजेन्द्र साँकीलाई हामी प्रहरी हौं, तपाईँको पसलमा अबैध औषधी बिक्री बितरण गर्ने गरेको रहेछ भन्ने सुचना आएकाले हामी खानतलासी गर्न आएका हौं भनि पसल संचालकलाई नियन्त्रणमा लिई पसलको काउन्टरमा भएको नगद, साथमा रहेको Samsung S20+ Mobile थान १, साथमा लगाएको घडी थान १, पसल संचालकको ग्लोबल आइएमई बैंकको खाताबाट ई-सेवामा पठाएको नगद रु. १०,०००।–, कुमारी बैंक लि. को खाताबाट ई-सेवामा पठाएको नगद रु १७००/- र स्टार सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि. को खातामा रहेको नगद रू. ३५००।– समेत गरी जम्मा रु.६५,०००।- जबर्जस्ती लुटपाट गर्ने कार्यमा संलग्न रहेका निम्न मानिसहरुलाई जबर्जस्ती चोरी गरि लगेका सामान सहित पक्राउ गरिएको ।

पक्राउ व्यक्ति:-

१) नाम:–  देबि प्रसाद धिताल

    उमेर :– २६  बर्ष

    ठेगाना:– जिल्ला जुम्ला गुठीचौर गा.पा.वडा न ५

    हालको ठेगाना:- का.जि.एयरपोर्ट

२) नाम:- शंकर रेग्मी

   उमेर :- ३० बर्ष

   ठेगाना :- जिल्ला धादिङ धुनेबेशि न.पा. वडा न ३

  हालको ठेगाना :- का.जि. स्वयम्भु

३) नाम:- हिक्मत महता

   उमेर :- २८ बर्ष

   ठेगाना :- जिल्ला डडेल्धुरा महाकाली न.पा.वडा न २

  हालको ठेगाना :- का.जि.सानोभर्याङ

४) नाम:– सुबाष रतोकी

    उमेर :– २७  बर्ष

    ठेगाना:– जिल्ला कन्चनपुर सुक्लाफाँटा न.पा. वडा न ४ झलारी

    हालको ठेगाना:- का.जि. चक्रपथ

५) नाम:- मिलन बोहरा

   उमेर :- ३४ बर्ष

   ठेगाना :- जिल्ला कञ्चनपुर शुक्लाफाटा न.पा.वडा नं.२ झलारी

  हालको ठेगाना :- का.जि.का.म.न.पा.वडा नं.२६ मित्रनगर

६) नाम:- लिम्बु भन्ने भविन्द्र बेगा

   उमेर :- ३२ बर्ष

   ठेगाना :- जिल्ला पाँचथर याङ्गक गा.पा.वडा नं.८ च्याङ्थापु

  हालको ठेगाना :- का.जि.का.म.न.पा.वडा नं.२६ मित्रनगर

७) नाम:- जिवन भन्ने योगेन्द्र बहादुर चन्द

   उमेर :- २७ बर्ष

   ठेगाना :- जिल्ला दैलेख नौमुले गा.पा.वडा नं.५ सल्लेरी

  हालको ठेगाना :- का.जि.का.म.न.पा.वडा नं.२६ मित्रनगर

८) नाम:- भिटेन, संगित थापा भन्ने कमल सुनार

   उमेर :- २१ बर्ष

   ठेगाना :- जिल्ला प्युठान गौमुखि गा.पा. वडा नं.६

  हालको ठेगाना :- का.जि. सामाखुसी

 

बरामद सामानहरु:-

१.मोवाईल ११ थान

२. घडी १ थान

३.नगरिता प्रमाण पत्र १ थान

४.ATM कार्ड ५ थान

५.चेक २ थान

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments