अबैध रुपमा तीन सय रोपनीमा लगाएको अफिम खेती धादिङमा नष्ट

२० फाल्गुन, काठमाडौं । धादिङ बेनिघाट रोराङ गाउँपालिका-१ सिमटार, जरुङ र ब्रम्दी लगायतका करिब ३ सय रोपनी जग्गामा अवैध रुपमा लगाएको अफिम खेती बिहीबार प्रहरीले फडानी गरी नष्ट गरेको छ ।

जिल्ला सुरक्षा समितिको बुधबारको निर्णय अनुसार “वस्ती वस्तीमा संयुक्त गस्ती” अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय धादिङ‚ ईलाका प्रहरी कार्यालय गजुरी र सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म धादिङबाट खटिएको संयुक्त टोलीले उक्त खेती नष्ट गरेको हो । साथै बारीमा लुकाई राखिएको करिब ५० केजी लागूऔषध गाँजा समेत प्रहरीले जलाएर नष्ट गरेको छ । 

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments