गैंडा मारेर खाग चोरी गरी फरार भएका राजन प्रजा पक्राउ

फाल्गुन २० काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा गत असारमा गैंडा मारी खाग चोरी लगेको घटनामा संलग्न रही फरार अभियुक्त चितवन कालिका नगरपालिका-२ घर भएका ४० वर्षीय राजन प्रजालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उनी काठमाडौं महानगरपालिका-१६ बनस्थलीमा लुकिछिपी रहेको भन्ने चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवनको प्राप्त पत्रको आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई बनस्थलीमा फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक कानुनी कारबाहीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय पठाइएको छ ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments