आफ्नै श्रीमती लाई केमिकल प्रहार गरी घाइते बनाउने श्रीमान भक्तपुरमा पक्राउ

२३ फागुन, भक्तपुर । आफ्नै ६० वर्षीया श्रीमतीलाई नाम नखुलेको केमिकल (रसायन) प्रहार गरी घाइते बनाएको अभियोगमा सूर्यबिनायक नगरपालिका-४ दधिकोट चित्रपुर बस्ने ६५ वर्षीय श्याम गुभाजुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

गुभाजुले आफ्नै श्रीमतीलाई कुटपिट तथा केमिकल प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते महिलाको बर्न अस्पताल कीर्तिपुरमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments