सालकको आखेटोपहार सहित धादिङका गोपाल बानियाँ पक्राउ

२३ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिका-१३ सोल्टीदोबाटोबाट  २ थान संरक्षित वन्यजन्तु सालकको आखेटापार जस्तो देखिने बस्तु र १ थान  डिजिटल तराजु सहित काठमाडौं तारकेश्वर नगरपालिका-१० नेपालटार बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-३ घर भएका ४० वर्षीय गोपाल बानियाँलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा सालकको आखेटोपहार १२ लाख रुपैयाँमा बिक्री बितरण गर्न खोजिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त बस्तु र तराजु सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट थप अनुसन्धान भइरहेको छ ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments