आफ्नै आमाको हत्या गर्ने ककनीका भिम बहादुर पक्राउ

२९ फागुन, नुवाकोट । आफ्नै ६५ वर्षीया आमा कान्छी बलामीको हत्या गरेको अभियोगमा ककनी गाउँपालिका-१ नयाँबस्ती बस्ने ३३ वर्षीय भिम बहादुर बलामीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

भीम बहादुरले मादक पदार्थ सेवन गरी आफ्नै आमालाई घनले टाउकोमा हानेर हत्या गरी शव घरभित्र पत्करले छोपी राखेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ओखरपौवा र प्रहरी चौकी ककनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments