मोरङमा डेढ वर्षीया बालिकाको जबर्जस्ती करणी पछि हत्या,२ जना पक्राउ

२९ फागुन, मोरङ । डेढ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका-७ बस्ने २५ वर्षीय अजय चौधरी र सोही ठाउँ बस्ने २८ वर्षीय मिथुन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

घरमा खेल्दै गरेको अवस्थामा शुक्रबार साँझ हराएकी बालिका सुन्दरहरैँचा नगरपालिका-७ गणेशपुरस्थित बनमारा बयरघारीमा अशक्त अवस्थामा फेला परेकी थिइन् । उनको स्थानीय अस्पताल हुँदै नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको थियो ।

शुक्रबार दिउँसो अजय चौधरी सोही ठाउँस्थित गछिया खोलामा बालुवा चाल्दै गरेको अवस्थामा दाइ मिथुन चौधरीसँग भेट भएपछि केरा बगानमा गई गाँजा खाई अजयले बालिकाको घरमा गएर कोही नभएको मौकामा बालिकालाई बोकी बनमारा झाँडीमा ल्याएको, करणी गर्ने क्रममा बालिका रुन थालेपछि टाउकोमा बियरको बोतल तथा ढुंगा समेतले हानी करणी गरेको र पछि मिथुनले समेत जबरजस्ती करणी गरी सोही स्थानमा छोडेको प्रारम्भीक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

घटनास्थलबाट प्रहरीले रगत जस्तो रातो पदार्थ लागेको २ थान ढुंगा, १ थान बियरको बोतल र पीडितको १ थान सुरुवाल बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments