आफ्नै आमाको हत्यामा संलग्न छोरा सहित २ जना पक्राउ

८ चैत, कास्की । आफ्नै आमा ६७ वर्षीया नौमायाँ नेपालीको हत्यामा संलग्न रहेको अभियोगमा उनकै जेठो छोरा पोखरा महानगरपालिका-१२ शितलादेवी बस्ने ३६ वर्षीय ओम बहादुर नेपाली र सोही महानगरपालिका-१२ माटेपानी बस्ने ३७ वर्षीय कुमार गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै घर कोठाभित्र घाँटीमा थिचेको जस्तो डाम र अनुहारमा आलो घाउ देखिएको अवस्थामा शुक्रबार बिहान नौमायाँ नेपालीको शव फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई  पक्राउ गरेको हो ।

ओम बहादुरले घर जग्गा बेच्नको लागि पटकपटक प्रयास गर्दा आमाले बेच्न नमानेको विषयलाई लिएर साथी कुमार गुरुङलाई आमा मार्नको लागि १ लाख दिन्छु भन्दै बिहीबार राति नौमायाँ निदाएको अवस्थामा घाँटी थिची हत्या गरेर दुवै जना कुमारको कोठामा गई सुतेको र शुक्रबार बिहान ओम बहादुर घरमा गई आफू नभएको बेला आमाको कसैले हत्या गरेको भनी प्रहरीलाई खबर गरेको प्रारम्भिरक अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरू उपर जिल्ला अदालत कास्कीबाट कर्तव्य ज्यान सम्बन्धी मुद्दामा ६ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments