नेपाली सेनाको क्याप्टेन हुँ भनी झुक्याई ठगी गर्ने पक्राउ

८ चैत, कास्की । नेपाली सेनाको क्याप्टेन हुँ भनी झुक्याई ठगी गरेको अभियोगमा पोखरा महानगरपालिका-१० अम्मरसिंहचोक बस्ने ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका- ५ घर भएका ३८ वर्षीय अर्जुन कटुवाल भन्ने धन बहादुर परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

आफू नेपाली सेनाको क्याप्टेन रहेकोमा हाल मिसनको लागि विदेशमा रहेको, आफूसँग सेनाको ठूला ठूला मानिससँग चिनजान छ त्यसैले सिंगापुर पुलिस, नेपाली सेनाको सेकेण्ड लेप्टेन र सिपाही पदमा नोकरी लगाई दिन सक्छु भनि फेसबुकमा कुराकानी गरी विश्वास दिलाई ३ जना व्यक्तिहरूबाट ९ लाख ७५ हजार १ सय ४० रूपैयाँ ठगी गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले परियारलाई पक्राउ गरेको हो ।

उनको साथबाट नेपाली सेनाको नक्कली परिचयपत्र, सेनाको सहसेनानी पदको दर्ज्यानी चिन्ह र चेस्ट लगाएको नेपाली सेनाले प्रयोग गर्ने चुस्ता १ सेट, हरियो ज्याकेट, बेल्ट, दाप सहितको खुकुरी, तुमलेट, सेनाको लोगो भएको गेमड्रेस र ट्रयाकसुट, विभिन्न व्यक्तिहरूको नामको उपसेनानी पदको उम्मेदवारहरूको फाराम, सिपाही पदको परिचयपत्र, खाली परिचयपत्रहरू र बा.८४ प ६९८८ नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।

उनी उपर ठगी, आपराधिक बिश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको छ ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments