पाल्पामा ३ वर्षीया बालिका बलात्कृत

१४ चैत, पाल्पा । ३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तिनाउ गाउँपालिका-५ डेरा गरी बस्ने प्युठान झिम्रुक गाउँपालिका-६ घर भएका २५ वर्षीय प्रेम पुन मगरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पुनले ती बालिकालाई आइतबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments