चोरी गरेको नगद र गरगहना सहित सिन्धुलीका राजेश पक्राउ

१५ चैत, काठमाडौं । चोरी भएको नगद तथा विभिन्न सुनचाँदीका गरगहना सहित ललितपुर चापागाउँ बस्ने सिन्धुली सितलपाटी गाउँपालिका-१ घर भएका २४ वर्षीय राजेश पाख्रिनलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-३२ नरेफाट डेरा गरी बस्ने रामेछाप दोरम्बा गाउँपालिका-३ घर भएकी ३० वर्षीया तिल माया मगरको कोठाबाट आइतबार दिउँसो चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा महानगरीय प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनलाई चोरी भएको नगद तथा गरगहना सहित फेला पारी पक्राउ गरेको हो । उनको साथबाट नगद २८ हजार ३ सय ३० रूपैयाँ, सुनको जस्तो देखिने मिनी रानी हार, बाला, झुम्का, औंठी र चाँदीको जस्तो देखिने वस्तु प्रहरीले बरामद गरेको छ ।

उनी उपर चोरी कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमति लिई महानगरीय प्रहरी वृत्त बानेश्वरबाट थप अनुसन्धान भइरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments