अवैध लागूऔषध सहित २० वर्षीय प्रयास श्रेष्ठ पक्राउ

१५ चैत , काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ४ सय ६५ ट्याब्लेट सहित सिन्धुली कुसेश्वर गाउँपालिका-१ बस्ने २० वर्षीय प्रयास श्रेष्ठलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । महोत्तरी जलेश्वरदेखि काठमाडौंतर्फ आउँदै गरेको बा.५ ख ८३० नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार श्रेष्ठलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ ।

चितवन, ईच्छाकामना गाउँपालिका-७ सिमलबाट करिब १ केजी अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने २० वर्षीय कुवर तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट गणेशथानाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

जुम्ला, चन्दननाथ नगरपालिका-७ स्थित सडकबाट करिब ४६ ग्राम ६ सय मिलिग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तातोपानी गाउँपालिका-५ बस्ने २१ वर्षीय धुर्वराज गिरी र चन्दननाथ नगरपालिका-८ घर भई सोही नगरपालिका-९ उमगाडमा होटल पसल गरी बस्ने २९ वर्षीय पदम धरला रहेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले धुर्वराज गिरीलाई ५ सय मिलिग्राम चरेश जस्तो देखिने पदार्थ सहित फेला पारी पक्राउ गरेको थियो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध पदम धरलाबाट खरिद गरेको खुल्न आएपछि पदम धरलालाई समेत नियन्त्रणमा लिई जाँच गर्दा उनको साथबाट थप ४६ ग्राम १ सय मिलिग्राम चरेश जस्तो देखिने पदार्थ फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments