आफ्नै श्रीमती हत्या गरेको अभियोगमा मेख बहादुर तामाङ पक्राउ

१६ चैत, सिन्धुपाल्चोक । आफ्नै श्रीमती ४४ वर्षीया सुकुमाया तामाङलाई चिरपट र ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा चौतारा साँगाचोकगढी नगरपालिका-१ स्याउले बस्ने ४४ वर्षीय दाउरे भन्ने मेख बहादुर तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

घरायसी बादबिबादको क्रममा तामाङले श्रीमतीलाई चिरपट र ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते सुकुमायाको जिल्ला अस्पताल चौतारामा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments