माओवादीकै नेतृत्वमा नेपाल कहालिलाग्दो लोडसेडिङ्गबाट मुक्त भएको होः अध्यक्ष प्रचण्ड

१६ चैत, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रकै नेतृत्वमा नेपाल लोडसेडिङ्गको कहालिलाग्दो अवस्थाबाट मुक्त भएको बताउनुभएको छ । राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युत सबस्टेसनको उद्घाटन गर्दै उहाँले अब नेपाली जनताको जिविकोपार्जन नै बिजुली हुने बताउनुभयो ।नेपालको अपार जलस्रोतको भण्डारलाई उर्जा उत्पादनको क्षेत्रमा क्रान्तिकारी छलाङ मारिरहेको र यसलाई सरकारले उर्जाखानीको रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।

उहाँले अथाह उर्जा उत्पादन यसको बजारीकरण र विश्वबजारमा बिजुली बेचेर आर्थिक क्रान्ति गर्दै समृद्धिको यात्रा तय गर्नुपर्ने बताउनुभयो । चितवनमा अबको ५० बर्षलाई धान्नेगरी ठूला ठूला भौतिक पूर्वाधारको योजना बनाउन मन्त्री तथा प्राधिकरणका कार्यकारी निर्देशकलाई उहाँले आग्रह गर्नुभयो ।

सो अवसरमा अध्यक्षले चितवन, मकवानपुर र नवलपुरलाई एकिकृत गरी विकास प्राधिकरण निर्माण गरी यस क्षेत्रको बृहत्तर विकास गर्ने योजनाका साथ आफू अगाडि बढिरहेको समेत बताउनुभयो । विकासमा सबैको समान चिन्ता र चासो हुनुपर्ने बताउनुहुँदै सबैको सामुहिक प्रयासले मात्र उपलब्धी हाँसिल हुने उहाँको भनाई थियो ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments