भरुवा बन्दुक सहित गोरखाका अर्जुन पाण्डे पक्राउ

१६ चैत, गोरखा । गोरखा अजिरकोट गाउँपालिका-५ मुचुकटार बस्ने २७ वर्षीय अर्जुन पाण्डेलाई १ थान भरूवा बन्दुक सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा भरुवा बन्दुक लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय जौबारीबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments