एकीकृत समाजवादी को लहर, पन्चकन्या गाउँपालिका भेला सम्पन्न

१८ चैत, नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को पन्चकन्या गाउँपालिकाको भेला पुर्ब प्रधानमन्त्री तथा पार्टीको सम्मानित नेता झलनाथ खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे छ। भेलाले अध्यक्षमा गणेश थापा, उपाध्यक्षमा यशोदा खतिवडा सचिबमा सिद्दिमणी मिश्र, उप-सचिबमा लेखत बहादुर के. सि, रहेको ३५ सदस्यीय गाउँपालिका कमिटी घाेषणा गरेकाे छ। यसै गरि पाटिकाे वडा नम्बर ४ काे अध्यक्षमा श्री कृष्ण अधिकारी लाई ताेकेकाे छ साथै गाउँपालिका पाटिकाे संरक्षकमा लेख प्रसाद बाेहाेरा ,राम थापा र हिम ब.कार्की चयन भएका छन् ।
साथै उक्त भेलाले नेपाल खेलकुद महासंघ समाजवादी गाउँपालिका कमिटी अध्यक्षमा उमेश कार्की, युवा संघ नेपाल गाउँपालिका कमिटी अध्यक्षमा अनिल कार्की उपाध्यक्षहरुमा  भिम बहादुर तामाङ्ग, सरोज थापा, दिपेन्द्र थापा  सचिबमा प्रकाश थापा रहेको युवा संघ नेपालको १३ सदस्यीय गाउँपालिका कमिटी घाेषणा गरिएकाे छ ।
साथै नेपाल आदिवासी जनजाति महासंघ पञ्चकन्या गाउँपालिका संयोजक: अर्जुन बराम (मगर)  तथा अखिल नेपाल महिला संगठन समाजवादी  गाउँ पालिका अध्यक्षमा मैयाँ थापा चयन भएका छन ।
जिम्मेवारी पाउनुहुने सम्पुर्ण कमरेडहरुलाइ हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना साथै साे कार्यक्रमलाई पाटि जिल्ला अध्यक्ष गोविन्द नेपाली,युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष नितेश पाैडल,केन्द्रीय परिषद सदस्य सुर्य कडेल,प्रदेश कमिटी सदस्यहरु केपि लामिछाने,राम थापा,श्री कृष्ण खतिवडा,राजेश थापा,अखिल नेपाल महिला संगठन समाजवादीका केन्द्रीय सदस्य तथा पाटि जिल्ला उपाध्यक्ष शान्ता थापा( अधिकारी ),पाटि जिल्ला सचिब पदम उप्रेती ,पन्चकन्या गाउँपालिका अध्यक्ष रमेश तामाङ ,जिल्ला नेता अर्जुन कार्की , गणेश थापा,हरि गिरि,लेख प्रसाद बाेहाेरा ,युवा संघ नेपालका बागमती प्रदेश ईनचाज  राेशन थापा,जिल्ला उपसचिव उदब पनेरू,युवा संघका केन्द्रीय सदस्य सुजेन्द्र थापा लगायतकाले सम्बोधन गरेका थिए साथै नेपाल खेलकुद महासघ बागमती प्रदेश अध्यक्ष उत्तम श्रेष्ठ,जिल्ला सचिवालय सदस्यहरु रामशरण भनडारि, सन्तोष थापा,अाेम बुढाथोकी,सिताराम थापा,ज्ञान बहादुर तामाङ ,सीता पाेखरेल ,रामहरि गजुरेल ,युवा सघं नेपालका केन्द्रीय सदस्यहरु अायन ,रमेश कडेल,दिपेश चित्रकार ,जिल्ला अध्यक्ष सुरेश अधिकारी ,नबराज बसनेत ,अखिलका केन्द्रीय सदस्य देबेन्द्र तामाङ  ,नेपाल राष्ट्रिय जनसांसकृतिक महासघंका केन्द्रीय सदस्य हरि जंग पानडे,युवा संघ नेपाल नुवाकोट – काठमाडौ सम्पर्क कमिटिका अध्यक्ष श्री कृष्ण अधिकारी , समाजवादी प्रेश संगठन नुवाकोटका जिल्ला उपाध्यक्ष हरि राम भेटवाल,युवा संघ नेपालका सागर अधिकारी, पुस्प वाग्ले लगायतका कमरेडहरुको उपस्थित रहेकाे थियाे ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments