देशको परिवर्तन ल्याउने काम माओवादीले मात्र सक्छः प्रचण्ड

१८ चैत, काठमाडौं । नेकपा मोआवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशको परिवर्तन ल्याउने काम माओवादीले मात्र सक्ने भन्दै उहाँले यसको पुष्टि गत स्थानीय तहमा माओवादीले जितेको पालिकाको प्रगतिले गरेको बताउनुभयो । पेरिसडाँडामा कार्यकर्ता प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देश संकटमा परेका बेला माओवादीले जोगाएको उहाँको दाबी छ । आसन्न स्थानीय तहको निर्वाचनमा एमालेलाई भोट हाल्नु देश दुर्घटनामा धकेल्नु भएको बताउनुभयो । एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण मुलुक अहिले अप्ठेरोमा परेकाले अब उनको पार्टीलाई भोट नहाल्न उहाँले आग्रह गर्नुभयो ।

“जनताले ओलीलाई मुलुक निर्माण गर्ने राम्रो अवसर दिएका थिए, तर ओलीले सम्हाल्न सकेनन्, अब पनि एमालेलाई भोट हाल्नु भनेको मुलुक दुर्घटनामा फस्नु हो,” अध्यक्षले भन्नुभयो । शान्ति सम्झौता, संविधान गणतन्त्र,समावेशिता र स्थानीय सरकार गाँउ गाँउ पुर्याउने काममा नेतृत्व गरेको बताउनुहुँदै हरेक संकटमा माओवादीले देशलाई निकास दिने गरेकाले माओवादी प्रति जनतामा आकर्षण बढेको उहाँको भनाई थियो ।
उहाँले भन्नुभयो, ‘सबैको विश्वास जितेर निर्वाचनमा गइसकेपछि राजनीतिक स्थायित्व, विकास र समृद्धिको सपनासहित हामीले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने कोसिस पनि गर्‍यौं,’ उहाँले भन्नुभयो, ‘तर, एकजना व्यक्ति, खासगरी केपी ओली खलनायक भइदिएका कारण त्यो सपना पूरा हुन पाएन ।’ केपी ओलीले संविधान खारेज र उल्ट्याउने प्रयास स्वरूप प्रतिनिधिसभा विघटन गरेको भन्दै उहाँले आउने निर्वाचनमा ओली र एमालेलाई पराजित गर्न आग्रह गर्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments