मोटरसाईकल दुर्घटनाबाट चालकको मृत्यु

२१चैत,मोरङ । मोरङको बुढिगंगा गाउँपालिका-२ टंकीसिनवारीमा मोटरसाईकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ । हिजो राती साढे ९ बजे टंकीसिनवारी चोकमा को १७ प ७६७२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई  दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक ईटहरी १९ खनारका २२ बर्षीय अनिस कार्कीलाई उपचारको लागी बिराट मेडिकल कलेज गंगाचोक लगिएकोमा उपचारको क्रममा राती पौने १० बजे मृत्यु भएको हो ।
सोही मोटरसाईकलमा सवार अन्य  २ जनाको सोहि अस्पतालमा उपचार भईरहेको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरीरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments