२ बर्षीय बालक खाल्डोमा जमेको पानीमा डुबि मृत्यु
२१ चैत, भोजपुर । भोजपुरको पौवादुङमा गाँउपालिका-२ स्थितमा खाल्डोमा जमेको पानीमा डुबि बालकको मृत्यु भएको छ । आज दिउँसो साढे ११ बजे मामली घर पौवादुङमा आई बसेका मोरङको केराबारी गाउँपालिका-७ का गणेश मगरका २ बर्षीय छोरा आशिर मगर खेल्ने क्रममा लडि खाल्डोको पानीमा डुबेका थिए ।
अचेत अवस्थामा आफन्तले फेला पारी उपचारको लागि स्थानिय स्वास्थ्य चौकी पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेका हुन । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट थप अनुसन्धान भई रहेको छ ।