५० फिट गहिरो इनारमा खसेकी महिलाको सकुसल उद्दार
२१ चैत, काठमाडौं । सिन्धुपाल्चोक तातोपानी घर भई हाल जिल्ला काठमाण्डौ बूढानीलकण्ठ नगरपालीका वडा नं ३ मित्रचोक स्थित हरि श्रेष्ठको घरमा डेरा गरी बस्ने बर्ष ४५ की पेमा शेर्पा दिउँसो १४:३० बाट निजको घरबाट हराई रहेको छ भन्ने मौखिक सूचना प्राप्त हुन आएको थियो । त्यस लगत्तै महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोलीद्वारा खोज तलास गर्ने क्रममा ऐ.मिति १७:५५ बजे हरि श्रेष्ठको घरमा रहेको इनारभित्र अचेत अवस्था रहेको देखिन आएपश्चात प्रहरी प्रधान कार्यालय बिपद ब्यबस्थापन महाशाखा सामाखुशीमा उद्दारको लागि समन्वय गरिएको थियो ।
प्रहरी प्रधान कार्यालय बिपत ब्यबस्थापन महाशाखा सामाखुशीबाट प्र.नि.को कमाण्डामा १० जनाको प्रहरी टोली गरी जम्मा १७ जनाको प्रहरी टोलीद्वारा घटनास्थलबाट अन्दाजी ५० फिट गहिरो इनारमा खसेकी महिलाको उद्वार कार्य १८:३५ बजेको समयमा गरिएको छ ।
निजलाई उपचारको लागि जिल्ला काठमाण्डौ बुढानीलकण्ठ नगरपालिका वडा नं १३ स्थित करुणा अस्पतालमा लगी उपचार भई रहेको छ अहिले पेमा शेर्पा को अवस्था बोल्न सक्ने हुनुहुन्छ ।
घटनाको सम्बन्घमा प्रहरीद्वारा थप अनुसन्धान भई रहेको ।