अभियान साहित्य कलाकार समाजले बैशाख ३ गते सम्मान अभिनन्दन गर्ने

१ बैशाख, काठमाडौं । साहित्य, कला र सँस्कृतिकाे जगेर्ना तथा प्रवर्ध्दन गर्ने उदेश्य लिएर स्थापना गरिएकाे ” अभियान साहित्य कलाकार समाज”ले नयाँवर्षकाे अवसर पारेर भव्य सम्मान तथा अभिन्दन कार्यक्रम गर्ने भएकाे छ । ” बृहत् साहित्य कविता गाेष्ठी तथा सम्मान अभिनन्दन कार्यक्रम २०७९” नाम दिएकाे उक्त समाराेह यहि नवबर्ष २०७९ साल बैशाख ३ गते भक्तपुरकाे लाेकन्थली स्थित दिब्यश्वरी पार्टी प्यालेसमा गरिने भएकाे छ ।

बरिष्ठ साहित्यकार तथा समाजसेवी ९२ बर्षिय भद्रकुमारी घले   प्रमुख  अतिथि  रहने समाराेहमा मदनकृष्ण श्रेष्ठ, हरिबँश आचार्य, माेदनाथ प्रश्रित, राम कुमार पाँडे,अशेष मल्ल, हरिबहादुर थापा, रमेश खकुरेल, लक्ष्मि भुषाल,राेचक घिमिरे राज्यलक्ष्मि नकर्मी र भद्र कुमारी घले सहित११ जना विशिष्ट ब्यक्तितहरुलाई सँस्थाकाे तर्फ बाट अभिनन्दन गरिने भएकाे छ त्यसै गरि कलाकारतर्फ याेगदान पुर्याउने रामचन्द्र अधिकारी, सुभाष गजुरेल, सुरबीर पण्डित,साहित्यकारहरु गाेबिन्द घिमिरे “बेदमणी”, रमेश शुभेच्छु, गणेश घिमिरे मार्मिक, समाजसेवी महाप्रसाद पराजुली, हरि प्रकाश पुडासैनी रङ्ग पत्रकार कृष्ण भट्टराई, फाेटाे पत्रकार नवराज वाग्ले सहित २१ जना ब्यक्तित्वलाई पनि उक्त समाराेहमा सम्मान गरिने कुरा कार्यक्रम मुल आयाेजक समितिका सँयाेजक तथा सँस्थाका सचिव , कलाकार घनश्याम गाैतमले जानकारी दिनु भएकाे छ ।

अब देखि प्रत्येक बर्ष सँस्थाले कलाकारिता, साहित्य तथा समाजसेवा मा याेगदान पुर्याउने ३ जना ब्यक्तित्वलाई सम्मान गरिने र कलाकार तथा साहित्यकारकाे हक हित र सँरक्षण तथा प्रवर्धनमा विशेष याेजना ल्याएर सकृयरुमा काम गर्ने अध्यक्ष पशुपति दँगालले प्रतिबध्ता जनाउनु भएकाे छ । भबिस्यमा सबै प्रदेशहरुमा सँस्थालाई बिस्तार गरि देशैभरीका साहित्यकार तथा कलाकारहरुकाे एउटै नेटवर्क बनाएर विभिन्न याेजना तथा कार्यक्रम तयार गरिने भएकाे छ । बैशाख ३ गते गरिने बृहत साहित्य कविता गाेष्ठी तथा सम्मान  अभिनन्दन कार्यक्रम मा गित गायन नृत्य तथा कविता गजलहरुकाे पनि प्रस्तुति रहने छ । कार्यक्रम बैशाख ३ गते शनिबार बिहान ११ बजे देखि सुरु हुने उक्त समाराेहकाे पूरा कार्यक्रम “लाईफ ओके टेलिभिजन” बाट प्रत्यक्ष प्रसारण हुनेछ भने उक्त कार्यक्रम सन्चालन टाईम्स एफ एमका युवा सन्चारकर्मी शम्भुलाल श्रेष्ठले गर्ने छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments