साँझपख खेतमा जबरजस्ती करणी गर्ने गगन पक्राउ

४ बैशाख, बर्दिया । बलात्कारको घटना दिनप्रतिदिन बढिरहेको बेला फेरि १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-३ खुरखुरे बस्ने सुर्खेत ब्राह्राताल गाउँपालिका-४ घर भएका २५ वर्षीय  गगन कामीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिका-६ पथ्थरडाँडास्थित खेतमा किशोरीलाई शुक्रबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
11 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
33 %
Angry
रिस उठ्यो
56 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments