कोठा खाली गर्न जाँदा प्रमिलाको मा भेटियो गोलि र १ किलो नक्कली सुन

८ बैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर नरेफाँट डेरा गरी बस्ने प्रमिला तामाङको कोठाबाट पेस्तोलमा प्रयोग हुने ४ राउण्ड गोली र पहेलो रङको १ थान धातु लगायत बिभिन्न सामानहरू बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ ।                               

तामाङको कोठा खाली गर्न प्रहरी तथा काठमाडौं महानगरपालिकाको प्रतिनिधि समेतको खटिएको टोलीले रीतपूर्वक कोठाको ढोका खोली कोठाभित्र जाँच गर्दा उक्त सामानहरू फेला पारी बरामद गरेको हो । उनको कोठाबाट नेपाली सेनाको जर्सी हरियो १ थान, नेपाल सेनाको कम्ब्याट पोशाक नसिलाएको १ थान, केशव बहादुर धानुकको नामको राहदानी १ थान, मोबाइल ४ थान, छाप १ थान, बिभिन्न्न ब्यक्तिका नामको चेकहरू,  बिभिन्न ब्यक्तिका नागरिकताहरु, कपाली तमसुक २ थान, जन्मकुण्डली १ थान र अन्य कागजातहरु बरामद भएको छ ।

प्रारम्भिक रुपमा सुनचाँदी व्यवसायीलाई घटनास्थलमै ल्याई परीक्षण गराउँदा उक्त पहेलो धातु नक्कली सुन भएको भनी प्रतिवेदन गरेको तथा उक्त पहेलो धातुलाई थप परीक्षणको लागि सुन-चाँदी व्यवसायी महासंघमा पठाइएको छ ।

बरामद गोली, पहेलो धातु, कम्ब्याट ड्रेस लगायतको कागजात सम्बन्धमा प्रहरी वृत्त नयाँ बानेश्‍वरबाट थप अनुसन्धान भइरहेको छ ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments